Logo
५ श्रावण २०८१, शनिबार
(March 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘जो काँग्रेस सकिएको भ्रममा पर्छ, ऊ त्यही भ्रमको शिकार हुन्छ’

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र विधिले प्रधानमन्त्री ओलीकाको कारण मुलुकमा द्धन्द्धको खतरा बढेको भन्दै पदीय गरिमाको ख्याल गरेर बोल्न सुझाव दिएका छन् ।

बिहिबार प्रदेश ३ को नेकपाको बैठकमा प्रधानमन्त्री ओलीले भनेको थिए-‘कठैबरा काँग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा र्झयो ।’

शुक्रबार नेपाल प्रेस युनियन चिवनद्धारा भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलन उनले प्रधानमन्त्रीलाई भ्रमबाट मुक्त हुन भनेका हुन । ‘काँग्रेसका बारेमा त्यस्तो भ्रममा पर्नेलाई के भन्ने । जो काँग्रेस सकिएको भ्रममा पर्छ, ऊ त्यही भ्रमको शिकार हुन्छ । देशमा काँग्रेसबाहेक अरु कुनै दलको भविश्य छैन,’ निधिको भनाई थियो ।

काँग्रेसले लोकतन्त्रका पक्षमा निरन्तर खबरदारीका गरेकै कारण अहिलेको परिवर्तन संभव भएको कुरा नभूल्न प्रधानमन्त्री ओलीको उनले ध्यानाकर्षण गराए । काँग्रेसको विप्लवलाई समर्थन भन्नु आफैमा हास्याँसपद भएको भन्दै उपसभापति निधिले भने। ‘ ०३८को जनमत संग्रहमा नेपालका कम्युनिष्टहरु राजाकै पक्षमा थिए ।  आज पनि लोकतन्त्रका प्रति कम्युनिष्टहरुको विश्वास छैन । काँग्रेस र लोकतन्त्र प्रयवाची हुन् ।’ दुईतिहाईको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भएको उपसभापति निधिको टिप्पणी छ ।

प्रकाशित मिति: Mar 29, 2019

प्रतिक्रिया दिनुहोस्