Logo
३१ असार २०८१, आईतबार
(March 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्वाटेमालामा यात्रुबाहक बस ट्रकमा ठोक्कियो, ३० जनाको मृत्यु १५ घाइते

ग्वाटेमाला सिटी : ग्वाटेमाला शहरको एक राजमार्गमा बुधबार राती भएको सडक दुर्घटनामा परी कम्तीमा ३० ग्वाटेमाली नागरिकको मृत्यु भएको छ । एक यात्रुबाहक बस अर्को एक सानो ट्रकसँग ठोक्किँदा सो दुर्घटना भएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । उक्त दुर्घटना पश्चिमी शहर नहुआला शहरको प्रवेशद्धारमा भएको थियो ।

उक्त शहरमा केही हजार मात्र व्यक्तिको बसोवास रहेको छ । यस दुर्घटानामा परी मृत्यु हुनेमा अधिकांश त्यहाँका आदिवासी समुदायका नागरिक रहेका छन् । त्यस दुर्घटनामा करिब ३० व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घाइतेहरुलाई स्थानीय अस्पताल पुर्याइएको बताइएको छ ।

दुर्घटनापछि ट्रक चालक फरार रहेको जनाइएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनका कारण नै सो दुर्घटना हुन पुगेको बताएको छ । मध्यअमेरिकी देश ग्वाटेमालामा यस्ता दर्घटनाहरु सामान्यजस्तै भएका छन् । सवारी चालकहरुले ट्राफिक नियमको उल्लङ्घन गर्ने गरेका छन् ।

यहाँका सार्वजनिक सवारी चालकहरुले पनि ट्राफिक नियम उल्लङ्घन गरी दुर्घटना गराउने र भाग्ने गरेका हुन्छन् । पछिल्ला समयमा उक्त देशमा सडक दुर्घटनाहरु यही कारणले पनि बढ्ने गरेको बताइन्छ ।

प्रकाशित मिति: Mar 28, 2019

प्रतिक्रिया दिनुहोस्