Logo
३ श्रावण २०८१, बिहीबार
(March 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल स्टक एक्सचेञ्जको शेयर कारोवारमा समस्या

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जको शेयर कारोवारमा आज समस्या आएको छ । प्राविधिक समस्या आएपछि नेपाल स्टक एक्सचेञ्जका अनुसार आज अपराहन १.४२ देखि शेयर कारोवारमा समस्या देखिएको हो ।

स्टकका प्रवक्ता मुराहरि पारजुलीले प्राविधिक समस्याका कारण कारोवारमा समस्या आएको र समय थप गरेर भएपनि कारोवार गराउने तयारी गरिएको छ । उनले थापाथलीमा रहेको ‘डेटा हव’ मा समस्या आएको र त्यसको निरुपणका लागि प्रयास भइरहेको जानकारी दिए ।

कालिका सेक्युरिटीजका प्रमुख नरेन्द्र सिजापतिले प्राविधिक समस्याका कारण आज शेयर खरीद बिक्री गर्न नसकिएको जानकारी दिए । उनले पनि सफ्टवेयरका कारण कारोवारमा उल्झन देखिएको गुनासो गरे ।

प्रकाशित मिति: Mar 27, 2019

प्रतिक्रिया दिनुहोस्