Logo
५ श्रावण २०८१, शनिबार
(March 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलम्ची आयोजना : सीएमसीले सरकारसँग २ अर्ब ५२ करोड मागेको खुलासा

काठमाडौं : राष्ट्रियसभाका सांसद सुरेन्द्रराज पाण्डेले मेलम्ची आयोजना बीचैमा छाडेको इटालियन कम्पनीलाई पुन काममा नल्याउने बताएका छन् । सो कम्पनीले सरकारसँग विभिन्न शीर्षकमा २ अर्ब ५२ करोड रुपैयाँ दावी गरेको खुले सँगै सांसद पाण्डेले समिति बैठकमा मेलम्ची आयोजनाबारे जानकारी गराउँदै सीएमसीलाई उसले मागेको रकम तिरेर नेपाल ल्याउनुभन्दा तत्काल अर्को ठेक्का लगाउनुपर्ने बताएका हुन् ।

मेलम्चीको बाँकी काम २ अर्ब ४५ करोडमा सकिने भन्दै उनले सीएमसीलाई अढाई अर्ब तिरेर ल्याउन ठीक नहुने बताए । ‘जबकी अढाई अर्बमा मेलम्चीको बाँकी सबै काम सकिन्छ, अढाई अर्ब तिरेर गइसकेको कम्पनीलाई ल्याउनुपर्दैन’ उनले भने ।

राष्ट्रियसभाका सांसद सुरेन्द्रराज पाण्डेले अध्ययनका क्रममा सीएमसीले भूकम्प र नाकाबन्दीको समयमा काम गर्न नसकेको क्षतिपूर्ति, ठेक्कामा भएको भन्दा बढी काम गरेकोलगायत विभिन्न शीर्षकमा अढाई अर्बभन्दा बढी रकम माग गरेको बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा जानकारी गराए ।

पाण्डेका अनुसार सीएमसीले हेड वर्क्स् अन्तर्गतको एउटा काममा ठेक्कामा उल्लेखित भन्दा बढी काम गरेको भन्दै करिब सवा १ अर्ब रुपैयाँ माग गरेको छ । जुन काममा सरकारले ३६ करोड रुपैयाँमात्रै बढी दिन तयार भएको छ । त्यस्तै अन्य शीर्षकमा अनावश्यक रकम माग गरेको पाइएको पाण्डेले बताए । सीएमसीसँग ठेक्का अन्त्य गर्दा ३६ करोड रुपैयाँमात्र तिरे हुने पाण्डेको तर्क छ ।

सीएमसीले मेलम्चीमा काम गरेकोमध्ये सरकारले भुक्तानी गर्न २० करोड रुपैयाँ बाँकी छ । तर बीचैमा काम छाडेकोमा सरकारले उसलाई पेनाल्टी लगाउन सक्ने पाण्डेको दावी छ । ‘सीएमसीसँग तत्काल कानुनी प्रक्रिया पूरा गरेर ठेक्का टर्मिनेट (अन्त्य)गर्नुपर्छ र अर्को ठेक्का लगाउनुपर्छ’ पाण्डेले भने ।

प्रकाशित मिति: Mar 27, 2019

प्रतिक्रिया दिनुहोस्