Logo
२ श्रावण २०८१, बुधबार
(March 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आँधीका कारण दक्षिण अफ्रिकामा जनजीवन प्रभावित, ५ लाख बासिन्दा विस्थापित

बेइरा, मोजाम्बिक :  आँधीबाट प्रभावित भएका दक्षिण अफ्रिकाका ५ लाखभन्दा बढी बासिन्दा विस्थापित भएका छन् ।

सहयोगदाताहरुले उनीहरुलाई औषधी, खाना, पाल लगायतका सहयायता सामग्रीहरु उपलब्ध गराएका छन् । आँधीसँगै आएको अत्यधिक बर्षा, हावाहुरी र बाढीले झण्डै ७ सय जनाको मृत्यु भएको छ भने अरु थुप्रै भौतिक क्षति भएको छ ।

आँधीले मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्रलाई प्रभावित पारेको छ । आँधीबाट प्रभावित भएको मध्ये झण्डै ३ हजार १२५ बर्ग किलोमिटर क्षेत्रमा अहिले पनि पानी रहेको अधिकारीहरुले बताएका छन् ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)द्वारा जारी वक्तव्यमा भनिएको छ,  हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार आँधीबाट प्रभावित ३ देशका झण्डै ५ लाख जना विस्थापित भएका छन् । यही मार्चको १५ तारिखका दिन यस क्षेत्रमा भिषण आँधी आएको थियो । आँधीबाट प्रभावितलाई थप सहयोगको आवश्यकता रहेको सहयोगदाताहरुले बताएका छन् ।

प्रकाशित मिति: Mar 27, 2019

प्रतिक्रिया दिनुहोस्