Logo
३१ असार २०८१, आईतबार
(March 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा नेपालमा आजदेखि शरतसिंह भण्डारी संयोजक

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालको संयोजकमा बुधबारदेखि शरतसिंह भण्डारी भएका छन् । चक्रीय प्रणालीअनुसार पार्टीको नेतृत्व दुई दुई महिना गर्ने परम्पराअनुसार भण्डारीले नेतृत्व पाएका हुन् ।

यसअघि मंसिर ४ गतेदेखि माघ ४ गतेसम्म राजेन्द्र महतो, माघ ४ गतेदेखि हिजोसम्म महिन्द्रराय यादव पार्टीको संयोजक भएका थिए ।२०७४ साल वैशाखमा ६ तराई केन्द्रीत ६ वटा पार्टी मिलेर राजपा घोषणा भएको थियो ।

चक्रीय प्रणालीअनुसार नेतृत्व परिवर्तन गर्ने भनिए पनि एकता भएको २० महिनासम्म महन्थ ठाकुरले पार्टीको नेतृत्व गरेका थिए । गएको वैशाखमै एकता महाधिवेशन गर्ने भनिए पनि राजपाले आउँदो वैशाख पहिलो हप्ता मात्र महाधिवेशन गर्ने निर्णय गरेको छ ।

तोकिएको समयमा महाधिवेशन भए अनिल झा र राजकिशोर यादवले पार्टीको नेतृत्व गर्ने अवसर पाउने छैनन् ।

प्रकाशित मिति: Mar 20, 2019

प्रतिक्रिया दिनुहोस्