Logo
९ असार २०८२, सोमबार
(March 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस पार्टी कार्यालयमा नेविसंघको धर्ना, केन्द्रीय समिति बैठक सुरु हुन सकेन

काठमाडौं : नेपाली कांग्रेस कृष्ण सिटौला समूह निकट विद्यार्थीले पार्टी मुख्य कार्यालय सानेपामा शान्तिपूर्ण धर्ना दिएका छन् । आज बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठकअघि उनीहरुले धर्ना दिएका हुन् ।

विधानमा गरिएको प्रावधान अनुसार नेविसंघको तदर्थ समिति गठनको माग दोहोर्याउँदै धर्नामा बसेको निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले बताए । कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु भएको छैन। बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,  महामन्त्री शशांक कोइराला, उपसभापति विमलेन्द्र निधिलगायत नेताहरु गोप्य छलफलमा रहेको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन् ।

प्रकाशित मिति: Mar 18, 2019

प्रतिक्रिया दिनुहोस्