Logo
९ श्रावण २०८१, बुधबार
(March 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डडेल्धुरामा गाडी दुर्घटना हुँदा १० जना घाइते, २ जनाको अवस्था गम्भीर

डडेल्धुरा : डडेल्धुराको गन्याधुरा गाउँपालिका-३ गुयलखेतमा गाडी (हाइस) दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

दिपालय सिलगढीबाट धनगढी जाँदै गरेको बा२ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हाइस सोमबार बिहान १० : ३० बजेतिर दुर्घटनामा परेको हो ।

घाइते १० जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

घाइतेहरुलाई डडेल्धुरास्थित डडेल्धुरा अस्पताल ल्याइएको छ। घाइते र गम्भीर घाइतेको नाम खुलेको छैन। दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: Mar 18, 2019

प्रतिक्रिया दिनुहोस्