Logo
२ श्रावण २०८१, बुधबार
(March 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३ दिनपछि भयो पूर्व मुमा बडामहारानीको डिस्चार्ज, हजुरआमालाई ‘रिसिभ’ गर्न पुगे पारस

काठमाडौं : पूर्व मुमा बडामहारानी रत्न शाह सोमबार डिस्चार्ज भएकी छिन् । १३ दिनयता नर्भिक अस्पतालमा उपचाररत मुमा बडामहारानी रत्न डिस्चार्ज हुँदा पूर्व युवराज पारस शाह हजुरआमालाई रिसिभ गर्न अस्पताल पुगेका थिए ।

यस्तै राजपरिवारका अन्य सदस्य पनि रत्नलाई रिसिभ गर्न अस्पताल पुगेका थिए । रत्न अस्पतालमा रहँदा उनको हेरचाहका लागि पूर्वरानी कोमल शाह आफैं खटिएकी थिइन् । रत्नकै हेरचाहका लागि उनी पूर्वराजा ज्ञानेन्द्रको मधेस भ्रमणमा समेत सहभागि भइनन् ।

डिस्चार्ज भएपछि रत्न र कोमलले उपचारको क्रममा संलग्न चिकित्सक, कर्मचारी, व्यवस्थापन एवम् सरोकारवालाका साथै स्वास्थ्य लामको कामना गर्ने सबै शुभेच्छुकप्रति धन्यवाद ज्ञापन गरेको पूर्वराजा ज्ञानेन्द्र शाहका प्रेस संयोजक फणि पाठकले जानकारी दिए ।

रुघा, खोकी लगायतले ग्रस्त भई पातलो दिशा हुने र पिसाब कम हुने समस्या देखिएपछि ९१ वर्षीय रत्नलाई फागुन २१ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति: Mar 18, 2019

प्रतिक्रिया दिनुहोस्