Logo
३ असार २०८२, मंगलबार
(March 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा मारिए थप ५० तालिवानी लडाकू

अफगानिस्तान : अफगानिस्तानको पश्चिमी क्षेत्रमा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा ५० जना तालिवानी लडाकू मारिएका छन् । देशको बाडघिस प्रान्तमा पर्ने बाला मुर्घाब जिल्लामा गत चौबीस घण्टामा भएका घटनामा परी उनीहरु मारिएको अधिकारीहरुले शनिबार जनाएका छन् ।

सरकारी पक्षले जारी गरेको वक्तव्यका अनुसार उनीहरुले लडाकूका आश्रयस्थल तोडफोड गरिदिएका छन् । घटनाका बारेमा सरकारी पक्षले विस्तृत विवरण दिएको छैन भने तालिबान लडाकूका तर्फबाट पनि कुनै प्रतिक्रिया आएको छैन ।

प्रकाशित मिति: Mar 16, 2019

प्रतिक्रिया दिनुहोस्