Logo
१ श्रावण २०८१, मंगलबार
(March 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका नासु सरोज रोका घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत ल्याव टेक्निसियन ९नायव सुब्बा० सरोज रोका घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले रोकालाई २२ हजार घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता ९सह–सचिव० प्रदिपकुमार कोइरालाले जानकारी दिएका छन् ।

मेडिकल सेन्टर विस्तार गर्ने प्रयोजनका लागी नियमअनुसार गर्नुपर्ने काममा समेत बहाना बनाएर रोकाले सेवा ग्राहीसँग घुस रकम लिएको अख्तियारको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घुस लिइसकेको अवस्थामा उनलाई आयोगको टोलीले कार्यालय परिसरबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Mar 15, 2019

प्रतिक्रिया दिनुहोस्