Logo
९ श्रावण २०८१, बुधबार
(March 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार-सीके राउत सम्झौता र विप्लव प्रकरण : पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडौँ : सरकार-सीके राउत सम्झौता र विप्लव प्रकरणबारे आज दिउँसो साढे ३ बजे कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ । सीके राउत सम्झौता र विप्लवका गतिविधिबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले पत्रकार सम्मेलन बोलाएको हो ।

सीके राउतसँग सरकारले गरेको सम्झौताका बारे कांग्रेसका नेताहरुले अलग अलग धारणा राखेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार अपरिपक्व धारणा सार्वजनिक गरेको भन्दै सभापति शेरबहादुर देउवा र प्रवक्ता विस्वप्रकाश शर्माको आलोचना गरेका थिए ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने पत्रकार सम्मेलनमा कांग्रेसले सीके राउत प्रकरण र विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारी निर्णयबारे आधिकारिक धारणा सार्वजनिक गर्ने एक नेताले जानकारी दिए ।

प्रकाशित मिति: Mar 13, 2019

प्रतिक्रिया दिनुहोस्