Logo
९ श्रावण २०८१, बुधबार
(March 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार र सिके राउतबीचको सहमति अमान्य, विप्लवलाई कडा कारबाही गर्न देउवाको माग

विराटनगर : पूर्व-प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र सिके राउतबीच भएको सहमति आफूहरुलाई अमान्य भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै देउवाले जनअभिमतमार्फत जनताको माग सम्बोधन गर्ने भन्ने विषयलाई राउत पक्षधरले जनमतसंग्रह भएको बताइरहेको कारण त्यो आफूहरुलाई कुनै हालतमा मान्य नहुने बताएका हुन् ।

देश टुक्र्याउने र विखण्डनकारीलाई कानुन अनुसार कारवाही गर्नुपर्ने देउवाके भनाइ थियो। ‘कुनैपनि हालतमा जनमतसंग्रह मान्य हुँदैन,’ देउवाले भने। उनले रेशम चौधरीलाई आदलतले जेल पठाउने आदेश उपर्युक्त भएको बताए । ‘प्रहरीलाई मार्ने, बच्चालाई मार्नेलाई जेल सजाय त हुनैपर्थ्यो नि हत्या त हत्या नै हो नि,’ देउवाले भने।

सोहि क्रममा देउवाले नेकपा विप्लवलाई सरकारले प्रतिबन्ध लगाएर मात्र नहुने कारबाही पनि गर्नुपर्ने बताए । प्रतिबन्ध मात्रै नभएर जथाभावी आक्रमण गर्ने र अशान्ति मच्चाउने कार्य रोक्न कडा कारबाही गर्नुपर्ने देउवाको माग छ ।

‘विप्लवले मान्छे मार्ने आतंक फैलाउने काम गरेको छ, हाम्रै मान्छे माथि पनि हत्या गर्नेगरी आक्रमण भयो,’ देउवाले भने, ‘प्रतिबन्ध मात्रै होइन कारवाही गर्नुपर्‍यो, अति गरेको छ विप्लवले मान्छे मार्ने बम पड्काउने गर्नेलाई कारबाही गर्नुपर्छ, प्रतिबन्ध लगाउने काम सही छ ।’

प्रकाशित मिति: Mar 13, 2019

प्रतिक्रिया दिनुहोस्