Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनकामना केबलकार २ दिन बन्द हुने

चितवन :  मनकामना केबलकार २ दिन बन्द हुने भएको छ। नियमित मर्मतका लागि फागुन ३० र चैत १ मा सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ।

कम्पनीले मर्मत सकिएपछि चैत २ देखि सेवा नियमित सञ्चालन हुने हुने जनाइएको छ। प्रत्येक ४-४ महिनामा केवलकार मर्मत हुने गरेको कम्पनीले जनाएको छ। चितवन र गोरखा जिल्लालाई जोड्ने मनकामना केबलकार २०५५ मा स्थापना भएको हो। मनकामना केवलकार नेपालकै पहिलो केबलकार हो।

प्रकाशित मिति: Mar 13, 2019

प्रतिक्रिया दिनुहोस्