Logo
८ बैशाख २०८१, शनिबार
(March 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब सिन्धुपाल्चोकको लामाचौरमा पनि प्याराग्लाइडिङ

सिन्धुपाल्चोक : कुनै समयमा साहसिक र रोमाञ्चकारी खेलको रुपमा परिचित प्याराग्लाइडिङको नाम लिन साथ आम मानिसहरुको ध्यान पोखरा केन्द्रित हुन्थ्यो, तर उक्त खेलको अनुभव लिन पोखरा सम्म पुग्न नपर्ने भएको छ ।

राजधानीबाट छोटो दुरीमा रहेको सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगगढी नगरपालिका-९ लामाचौरबाट प्याराग्लाइडिङ शुभारम्भ गरिएको छ । आन्तरिक र बाह्य पर्यटकहरुलाई आकषिर्त गर्ने उद्देश्यका साथ व्यावसायीक रुपमा नै प्याराग्लाइडिङको सुरुवात गरिएको हो ।

कदमबास लामाचौरका स्थानीयको सक्रियतामा लामाचौर प्याराग्लाइडिङ तथा हृयाङग्लाइडिङ संघ गठन गरेर प्याराग्लाइडिङको औपचारिक रुपमा सुरुवात गरिएको संघका सचिव मिलन तामाङले जानकारी दिए । स्थानीयबासीसँग प्याराग्लाइडिङ सञ्चालनका लागि २ हजारदेखि ५० हजार सम्म चन्दा संकलन गरिएको थियो । ‘सबैको सहयोगमा यो कार्य सम्भव भयो अब नियमित रुपमा खेल सञ्चालन हुन्छ’- तामाङले भने।

हिमाली दृष्य,पहाडी भूभाग, नदीनालाले गर्दा पनि यहाँको प्याराग्लायडिङ खेल झनै रोचक अनुभव गरेको पाइलट रोशन बस्नेतले बताए ।

राजधानी नजिकै रहेको सिन्धुपाल्चोकको भोटेचौरमा यसअघिदेखि नै प्याराग्लाइडिङ सुरुआत गरिएको थियो । लामाचौरमा जिल्लाकै दोस्रो स्थानबाट प्याराग्लाइडिङ सुरु गरिएको हो ।

प्रकाशित मिति: Mar 12, 2019

प्रतिक्रिया दिनुहोस्