Logo
५ श्रावण २०८१, शनिबार
(March 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैध रूपमा लैजाँदै गरेको सल्लाको काठसहित व्यक्ति पक्राउमा

बेत्रावती :  जिल्ला वन कार्यालय नुवाकोटले सामुदायिक वनबाट काटेर अवैध रूपमा लैजाँदै गरेको ७२ गोलिया सल्लाको काठ बरामद गरेको छ । विदुर नगरपालिका-१२ स्थित पारीपाखा सामुदायिक वनबाट काटेर बिक्री गर्न लैजाँदै गरेको काठसहित दुई मिनीट्रक नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार यादवले जानकारी दिए ।

यादवका अनुसार काठसहित केही व्यक्तिसमेत पक्राउ परेका छन् । पक्राउ परेकाहरूको पहिचान गरी जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ । “सामुदायिक वनमा कटान भएको काठ लैजाँदै गरेको बा ३ क २०८६ नम्बरको मिनीट्रक र त्यसका चालक सुमन राई र बा ४ ख ९९१ नम्बरको मिनीट्रक चालक सन्तोष राईसहित ५ जनामाथि अनुसन्धान थालिएको छ”, उनले भने, “कटान गरेको काठको रुखको स्थलगत अवलोकनपछि कारवाही अघि बढाइने छ ।”

जिल्ला वन कार्यालयले विसं २०७२ देखि जिल्लाको निजीलगायत सबै वन क्षेत्रमा उत्पादन भएका सल्लाको काठको व्यावसायिक कारोबारमा प्रतिबन्ध लगाउँदै आएको छ ।

प्रकाशित मिति: Mar 12, 2019

प्रतिक्रिया दिनुहोस्