Logo
८ जेष्ठ २०८२, बुधबार
(March 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनिश्चितकालका लागि स्थगित गरिएको मधेश भ्रमण पुन सुरु गर्दै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं : पूर्व-मुमाबडामहारानी अस्वस्थ भएपछी पूर्वी तराईको भ्रमण स्थगित गरेर काडमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहले पुन आफ्नो भ्रमणलाई निरन्तरता दिने भएका छन् । गत बुधबारदेखि गर्ने सुरु गर्ने भनिएको भ्रमण स्थगित गरेर काठमाडौं फर्किएका थिए ।

सोमबार पूर्व राजा शाहको सचिवालयले एक विज्ञप्ती जारी गर्दै स्थगित गरिएको भ्रमण पुन निरन्तरता दिन लागेको जनाएको हो । पूर्व राजाले फागुन २९ गतेदेखि धनुषाबाट भ्रमण सुरु गर्ने भएका हुन् । उनलेको सचिवालयमा जारी गरेको विज्ञप्तिमा भनिएको छ गत हप्ता स्थगित गरिबक्सेको धनुषा, सर्लाही, उदयपुर र सप्तरी जिल्लाको निजी भ्रमणको कार्यक्रम यही फागून २९ गते धनुषाबाट सूरु गरिबक्सदै छ ।

पूर्वमुमा बडामहारानी रत्नको स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्वराजा शाहको मधेश भ्रमण अनिश्चितकालका लागि स्थगित भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मुमा बडाबहारानी शाहलाई थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छिन् । उनको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आउँदै गएको अस्पतालले जनाएको छ ।

९१ वर्षीया शाहको स्वास्थ्यमा खराबी देखिएपछि मंगलबार अस्पताल भर्ना गरिएको गरिएको थियो । पूर्वराजा ज्ञानेन्द्रले बुधबारदेखि जनकपुर केन्द्र बनाएर प्रदेश धनुषा, सर्लाही, उदयपुर र सप्तरीलगायतका जिल्लाहरुमा अवस्थित देवी देवताका मठमन्दिर तथा शक्तिपीठको दर्शन गर्ने कार्यक्रम तय भएको थियो ।

प्रकाशित मिति: Mar 11, 2019

प्रतिक्रिया दिनुहोस्