Logo
२ श्रावण २०८१, बुधबार
(March 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवन : व्यापक रुपमा गुणस्तरहीन खाना

चितवन :  चितवनमा सञ्चालित नाम चलेका अधिकांश ठूला होटलहरुले गुणस्तरहीन खानेकुरा दिइरहेको पाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले गरेको अनुगमनका क्रममा कम गुणस्तरको खानेकुरा दिएको पाइएको बजार अनुगमन प्रमुख विक्की राउतले बताए। उनका अनुसार अधिकांश होटलको भान्सा फोहोर भेटिएको छ।

भरतपुर महानगरपालिकामा सञ्चालित ठूला होटलहरु होटल रेड कार्पेट, सेन्ट्रल पाम, होटल ग्लोबलले खाद्य स्वच्छताको ख्याल नगरेको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग खाद्य निरीक्षण अधिकृत ईश्वर सुवेदीले बताए। अनुगमनको क्रममा प्रायः होटलको भान्सा कोठा फाहोर देखिनुका साथै खाना बनाउँदा प्रयोग गरिने तेल गुणस्तरहीन रहेको पाइएको छ। एक पटक पकाएको तेल पुनः प्रयोग गरेको पाइएको छ।

यस्तै, नारायणगढको शहीद चोकमा रहेको भेटघाट रेष्टुरेन्टले सडकतर्फ एडजस्ट फ्यान लगाएको पाइएकाले डेढ महिनाभित्र हटाउन निर्देशन दिइएको छ। होटल, रेष्टुरेण्टहरुले गुणस्तरहीन खाना खुवाउने गरेको गुनासो बढेपछि खाद्य विभागको केन्द्रीय टोलीले मोबाइल भ्यानसहित ल्याब परीक्षण गरी अनुगमन तीव्र पारेको छ। ३ दिन यता जिल्लाका विभिन्न स्थानमा गरी ४५ वटाभन्दा बढी ठूला साना होटल तथा रेष्टुरेण्टको अनुगमन गरिएको छ।

प्रकाशित मिति: Mar 11, 2019

प्रतिक्रिया दिनुहोस्