Logo
९ श्रावण २०८१, बुधबार
(March 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

“जनमत संग्रहको झुठो हल्ला किन ?” भन्दै पत्रकारले प्रश्न गरेपछि राउतले देखाए दादागिरी !

जनकपुरधाम : युवा पुस्तालाई बहकाउमा पार्दै स्वतन्त्रताका नाममा पृथकतावादी आन्दोलन छाडेर मुलधारमा आएका स्वतन्त्र मधेश गठवन्धनका संयोजक डा.सिके राउतले जनकपुरधाममा दादागीरी देखाएका छन् ।

शुक्रवार प्रधानमन्त्री केपी ओलीसंग सहमती गरेर मुलधारमा आएका सिके राउतले जनकपुरधाममा आएपछि पत्रकारहरुले अभिव्यक्ती माग्न खोज्दा संचारकर्मीहरुलाई धक्कामुक्की गर्दै दुव्र्यवहार गरेका हुन् । दिउँसो १२ वजे नै आउने भनेर प्रचार गरिएपनि राउत करिव सवा चारवजे तिर विमानस्थलमा अवतरण गरेका थिए ।

चारघण्टा सम्म कुरेर बसेका पत्रकारहरुलाइ कुनै पनि अभिव्यक्ति नदिने भन्दै राउतकै कथित सेक्युरिटीहरुले संचारकर्मीहरुलाई भिआईपी रुमबाट धक्कामुक्की गर्दै निकालेका थिए ।

सरकारसंग भएको सहमतीमा जनमत संग्रह गरिने भन्ने झुठो हल्ला फिजाएर जनतालाई भ्रमीत किन वनाएको भन्ने प्रश्न सोध्ने तरखरमा रहेका संचारकर्मीहरुको मनोभावना वुझेर नै अभिव्यक्ती दिनबाट अस्विकार गरेको हो ।

यति मात्र होइन सरकारसंग भएको सहमतीमा देश विखण्डन हुने किसीमको कुनैपनि नारा तथा पहिले प्रयोग गर्दै आएका झण्डा प्रयोग नगर्न सहमती गरिएपनि सो निर्णयको पालना गरिएको देखिएन ।

सिरहा र सप्तरीबाट मगाएका कार्यकर्ताहरुले मुलुक विरुद्ध कडा नारा लगाएका थिए, भने स्वतन्त्र मधेशको झण्डा समेत फहराउँदै शक्ति प्रर्दशन समेत गरेका थिए ।

सरकारसँग सम्झौता भएको दुई दिन नबित्दै गठबन्धनका कार्यकताहरु जनकपुरधाम विमानस्थललाई अघोषित रुपमा कब्जामा लिई आजाद मधेशको नारा लगाएका थिए । राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरु विमानस्थललाई चारै तर्फबाट घेरा हालेका थिए ।

निजि सुरक्षा गार्डका साथै विमानस्थलबाट निस्के लगत्तै सयौ कार्यकर्ताहरुसंगै राउतले जनकपुरधाम नगरको परिक्रमा समेत गरेका छन् ।

यता राउत र सरकार बिचको सम्झौताको विषयमा प्रतिक्रिया लिन विमानस्थल पुगेका पत्रकारहरुसंग उनका निजि सुरक्षा गार्डले दुव्र्यवहार समेत गरेका छन् । राउतसंग पत्रकारहरुले कुरा गर्न खोजेपछि गठबन्धनका कार्यकर्ताहरुले धकेलेका थिए ।

सहमती विपरित र देश विरुद्ध काम भइरहेको तथा संचारकर्मीहरुमाथि दुव्र्यवहार भइरहँदा पनि त्यँहा उपस्थित सुरक्षाकर्मीहरु मुकदर्शक बनेर बसेका थिए । सरकारले नगरे पनि उनका कार्यकर्ताहरुले ब्जने जनमत संग्रहको तयारी भइरहेको दावी गरिरहेका छन् ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्