Logo
३१ असार २०८१, आईतबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसदको प्रश्नमा गृहमन्त्रीको जवाफ-‘सहमति विपरित भयो भने अवस्था पुरानै फर्कन्छ’

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा बादलले सीके राउतसँग भएको ११ बुँदे सम्झौतामा उल्लेखित जनअभिमत शब्दलाई जनमत संग्रहका रुपमा बुझिन नहुने बताएका छन् । उनले ‘जनअभिमत’ र ‘जनमत संग्रह’ फरक शब्द रहेको दाबी गरे ।

‘सीके राउतले सरकारसँग स्वतन्त्र मधेसका लागि जनमत संग्रह गरिने सहमति भयो भनेर प्रचार गरिरहेका छन् नि भन्ने सांसदहरुको प्रश्नमा गृहमन्त्री थापाले भने, ‘जनअभिमत र जनमत संग्रह फरक शब्द हुन् । यदि सीके राउतले त्यस्तो प्रचार गरिरहेका छन् भने त्यो सहमति विपरित हो, त्यसो गरे अवस्था फेरि पुरानै ठाउँमा फर्कन्छ । ’

सीके राउतले स्वतन्त्र मधेसका लागि जनमत संग्रह गर्न गर्न सरकारले प्रतिवद्धता जनाएको प्रचार गरिरहेका छन् ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्