Logo
१० जेष्ठ २०८२, शुक्रबार
(March 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड समाचार : ‘आलिया र रणवीरको बिहे चाडै हुने ‘

बलिउडमा अहिले नायक रणवीर कपुर र नायिका आलिया भट्टको जोडीको निकै चर्चा हुनेगर्छ । उनीहरुको प्रेमको विषयमा मिडियामा धेरै समाचारहरु आइरहेको हुन्छन् । उनीहरुले छिट्टै बिबाह गर्ने तयारीमा छन् । उनीहरूले नै मिडियासामु आफूहरु बिबाहको तयारीमा रहेको बताउँदै पनि आएका छन् ।

यस्तैमा, रणवीरका पिता ऋषि कपुरले आफू न्युयोर्कबाट फर्किएपछि उनीहरुको बिबाह गरिदिन लागेको बताएका छन् । ऋषिले यो जोडी छिट्टै बिबाह बन्धनमा बाँधिएको हेर्ने रहर भएकाले बिबाह गरिदिन लागेको बताएका छन् । एक खबरका अनुसार रणवीर र आलियाको परिवार छिट्टै बिबाहको मिति तय गर्नका लागि पण्डितकोमा जाने तयारीमा छन् । अप्रिल महिनामा नै उनीहरु पण्डितकोमा जानेछन् । बिबाहको साइत निस्किएसँगै उनीहरु बैबाहिक सम्बन्धमा बाधिँनेछन् ।

अहिले रणवीर र आलिया चलचित्र ‘ब्रम्हास्त्र’को छायांकनमा व्यस्त छन् । यो चलचित्रमा उनीहरु जोडी भएर काम गर्दैछन् । उनीहरुले बिबाह अघि यो चलचित्र बाहेक अन्य कुनै चलचित्रमा पनि सँगै काम नगर्ने बताएका छन् ।

प्रकाशित मिति: Mar 9, 2019

प्रतिक्रिया दिनुहोस्