Logo
१ श्रावण २०८१, मंगलबार
(March 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानका प्रधानमन्त्रीको भारतलाई रिझाउने प्रयास ‘देशलाई आतंकका लागि प्रयोग हुन दिन्नँ’

भारत र पाकिस्तनबीच चलिरहेको तनावपूर्ण स्थितीमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशको माटोलाई अन्य देशमा चरमपन्थ फैलाउनका लागि प्रयोग हुन नदिने बताएका छन् ।

सिन्धमा आयोजित एक कार्यक्रममा मा उनले प्रधानमन्त्री मोदीमाथि हमला गर्दै भने, ‘घृणाको राजनीति मानिसहरुको भोटको लागि बाँड्न निकै सजिलो छ ।’

‘नरेन्द्र मोदी यस्तै राजनीति गर्छन्-घृणा फैलाउने । यदि कोही नेताले यस्तो गर्छ भने उनको कार्यकर्ताले पनि यस्तै गर्नुपर्छ । पुलवामा हमलापछि भारतमा कश्मिरीहरुमाथि कस्तो व्यवहार गरियो, त्यो हामीले देखेका छौं ।’

उनको यो बयान भारतलाई रिझाउने प्रयास भएको बिश्लेषण गरिएको छ ।

प्रकाशित मिति: Mar 9, 2019

प्रतिक्रिया दिनुहोस्