Logo
९ श्रावण २०८१, बुधबार
(March 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनसेल कार्यालयपछि बैदेशिक रोजगार व्यवसायीको घरमा बम विस्फोट, ४ जना घाइते

काठमाडौं : बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शुक्रवार राती शत्तिशाली विस्फोट भएको छ । विस्फोटमा परी ४ जना घाइते भएका छन् ।

बसुन्धरास्थित गुरुङको घरको ग्यारेजमा पार्किङ गरिराखेको ल्याण्डक्रुजर गाडीमा राखिएको बम विस्फोट भएको हो । विस्फोटपछि आगलागी समेत भएको थियो ।

गुरुङका अनुसार घरको गेटमै रहेको गाडीमुनी राखेको बम विस्फोट भएपछि आगजनी भएको थियो, जसले दुई तलामाथिसम्म क्षति पुगेको छ । विस्फोटबाट नजिकैका केही घरमा पनि क्षति भएको छ । गुरुङको कार्यालय पनि त्यही घरमा रहेको छ ।

घटनामा ममता गौतम र दिवाकर गुरुङ घाइते भएका छन् । ममताको गालामा चोट लागेको छ । थप २ जनाको नाम खुलेको छैन ।
विस्फोटपछि आगजनी हुँदा बा १० च ६७८९ नम्बरको कार पूर्ण रुपमा जलेको छ भने आसपासका घरमा समेत क्षति पुगेको छ ।

नेकपा विप्लव समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीको आशंका छ । १० फागुनमा विप्लव समूहले नख्खुस्थित एनसेलको कार्यालय अगाडि बम विस्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

प्रकाशित मिति: Mar 8, 2019

प्रतिक्रिया दिनुहोस्