तारकेश्वर : ‘जहाँ महिलाको हित त्यहाँ समाजको जीत’ मुल नाराका साथ मनाईयो नारी दिवस
काठमाडौँ : लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार भन्ने मूल नाराका साथ आज तारकेश्वरमा पनि १०९ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ ।
तारकेश्वर नगरपालिकाको आयोजनामा नगरभित्रका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा भएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बाहोराले हरेक विधामा आबद्ध महिलाले आफ्नो कर्तव्य र अधिकारलाई बुझ्नुपर्ने बताए ।
नगर उपप्रमुख भवानी डोटेलले श्रीमान् र श्रीमतीको समान व्यवहार भएमा मात्र एक अर्कोप्रतिको सम्मान हुने बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदीले महिला हिंसा आआफ्ना घरबाट नै हटाउनुपर्ने बताए ।
महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले समाजमा महिला मात्र नभई पुरुष र तेस्रोलिङ्गीमाथि हुने हिंसा पनि लैङ्गिक हिंसा भएको जिकिर गरे ।