बसन्तपुरस्थित ग्यास स्टोरमा आगलागी, सातवटा दमकलद्वारा नियन्त्रणको प्रयास
काठमाडौं : बसन्तपुरस्थित एक ग्यास स्टोरमा भीषण आगलागी भएको छ । आगलागीबाट केही ग्यासका सिलिन्डर पड्किएको छ । बिहीबार दिउँसोदेखि भएको आगलागी नेपाल प्रहरी, नेपाली सेना र सातवटा दमकलले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
आगलागीबाट एक जना सामान्य घाइते भएको बताइएको छ । आगलागी के कारणले हुन पुग्यो भन्ने खुल्न सकेको छैन ।