Logo
१० असार २०८२, मंगलबार
(March 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रहेनन् CA श्यामकुमार महतो, पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिँदै

काठमाडौं : वरिष्ठ लेखा परिक्षक तथा जनकपुर चुरोट कारखानाका तत्कालीन जिएम श्यामकुमार महतोको निधन भएको छ ।

महोत्तरी घर भई हाल काठमाडौं स्थित बसोबास रहेका महतोको बुधबार साझ ५:३० बजे भक्तपुर स्थित राधे-राधे क्षेत्र स्थित रहेको डेरामा निधन भएको हो ।

दिल्ली स्थित एक अस्पतालमा लामो समयदेखि उपचाररत रहेका निको भइसकेका थिए भने फ्लोअप उपचाररत थिए ।

उनका निकटतम बीरबहादुर महतोका अनुसार लिवरको समस्याबाट ग्रस्त महतो केहि हप्ता अगाडि मात्र दिल्लीबाट फ्लोअप उपचार गरेर फर्केका थिए ।

आज बिहिवार हिन्दु धर्मकर्म अनुसार पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने बीरबहादुरले बताए ।

नेपाल कुशवाह कल्याण समाजका सल्लाहकार समेत मधेसी नागरिक आगुवा रहेका महतो एक प्रखर वक्ता समेत थिए ।

प्रकाशित मिति: Mar 7, 2019

प्रतिक्रिया दिनुहोस्