Logo
९ श्रावण २०८१, बुधबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुर चुरोट कारखानाका तत्कालीन जिएम CA श्यामकुमार महतोको निधन

काठमाडौं : जनकपुर चुरोट कारखानाका तत्कालीन जिएम श्यामकुमार महतोको निधन भएको छ । महोत्तरी घर भई हाल काठमाडौं स्थित बसोबास रहेका सिनियर सि.ए. महतोको बुधबार साझ ५:३० बजे निधन भएको हो ।

दिल्ली स्थित एक अस्पतालमा उपचाररत महतोको काठमाडौं स्थिति डेरामा निधन भएको हो ।

उनका निकटतम बीरबहादुर महतोका अनुसार लिवरको समस्याबाट ग्रस्त महतो केहि हप्ता अगाडि मात्र उपचार गरेर फर्केका थिए ।

भोलि बिहिवार हिन्दु धर्मकर्म अनुसार पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने बीरबहादुरले बताए ।

नेपाल कुश्वाहा कल्याण समाजका केन्द्रिय सल्लाहकार समेत रहेका महतो बौद्धिक ब्यक्तिव तथा प्रखर वक्ताका रूपमा प्रसिद्ध थिए ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्