Logo
३ श्रावण २०८१, बिहीबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा भेटियो हराएको पेस्तोल

काठमाडौँ : ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० स्थित तारेभीरको जङ्गलमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेला परेको छ । यही फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको हेलिकप्टर दुर्घटना हुँदा उनका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएको थियो ।

ताप्लेजुङको अस्थाई प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त पेस्तोलसहित दुई थान म्याग्जिन, तीन थान साबुत गोली, तीन वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको प्रहरीले आज जानकारी दिएको छ । सो दुर्घटनामा मन्त्री अधिकारी र जमदार घिमिरेसहित सातको निधन भएको थियो ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्