Logo
९ श्रावण २०८१, बुधबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेशम चौधरीलाई सजाय दिने अदालतको फैसलाविरुद्ध अब राष्ट्रिय विद्रोह हुन्छ : राजेन्द्र महतो

काठमाण्डौ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष राजेन्द्र महतोले अदालतको फैसलाविरुद्ध अब राष्ट्रिय विद्रोह हुने बताएका छन् । राजपा सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने उनले बताए ।

प्रतिनिधिसभाको बैठकपछि उपस्थित संचारकर्मीहरुसंगको कुराकानीमा महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिए ।

पार्टीका सांसद चौधरीलाई जन्मकैदको सजाय दिने अदालतको फैसला ‘अन्यायमाथिको पनि अन्याय’ भएको टिप्पणी गर्दै उनले त्यसविरुद्ध देशमा राष्ट्रिय विद्रोह सुरु गर्ने घोषणा गरे ।

‘जनताको प्रतिनिधिमाथि यसरी जन्मकैदको फैसला गर्न मिल्छ? यो सरासर अन्याय, अत्याचार र अन्यायमाथिको पनि अन्याय भएकाले थारु, जनजाति, मधेशी मिलेर देशमा राष्ट्रिय विद्रोह सुरु हुने’ अध्यक्ष महतोको दाबी छ ।

महतोले पार्टीका सांसद चौधरी आन्दोलनकारी भएको र उनीमाथि जन्मकैदको फैसला गर्नै अदालतले पुष्पकमल दाहाल, केपी ओली, गिरिजाप्रसाद कोइरालालाई किन जन्मकैदको सजाय नदिएको ? भनि आक्रोश पनि व्यक्त गरेका छन् ।

टीकापुरमा हाइ अलर्ट:

यसैबीच, सांसद चौधरीसहितको बारे फैसला आएपछि टीकापुरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । हिजोदेखि नै टीकापुरको सडकमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो भने कुनै प्रदर्शन अथवा घटना भए थप सुरक्षाकर्मी बोलाउने तयारी गरिएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिबहादुर विष्टले अहिलेको सुरक्षा व्यवस्था शान्त रहेको बताए । सुरक्षाकर्मी अर्लट छन् थप सुरक्षा व्यवस्था मिलाएका छौं’ उनले भने ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्