Logo
६ श्रावण २०८१, आईतबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापतिको कार्यशैलीदेखि कांग्रेस चिन्तित, भातृ संस्थालाई पंगु बनाउन खोजेको आरोप

काठमाडौँ : सभापति शेर बहादुर देउवाको कार्यशैली देखेर उनी विरुद्ध एक भएर लाग्‍ने नेपाली कांग्रेसका विभिन्‍न समूहबीच सहमति भएको छ । देउवा पक्ष बाहेक सबै पक्षको बुधबार टाक्सीबारी (प्रकाशमान सिंहको निवासमा) मा भएको भेलाले पार्टीलाई एकताबद्ध बनाउन सभापति देउवाको कार्यशैलीविरुद्ध एक भएर लाग्ने निर्णय गरेको हो।

भेलामा नेताहरु कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराल, अर्जुननरसिंह केसीसहित सहभागी थिए। भेलाले सभापति देउवाले बहुमतका आधारमा एकलौटी रुपमा पार्टी चलाउन खोजेको, महासमितिको निर्देशनलाई समेत अटेरी गरेको, भातृ संस्थालाई पंगु बनाउन अधिवेशन नगराउन खोजेकोसहितको आरोप लगाएको छ।

यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय भएको नेता नविन्द्रराज जोशीले देश सञ्चारलाई जानकारी दिएका छन् । नेता जोशीले भने, ‘कम्युनिष्टसँग लड्नु पर्ने बेला पार्टी भित्र एक भएर जानु पर्ने अवस्था छ । तर सभापति देउवा चाहिँ अविश्वास पैदा गर्ने गरि अगाडि बढेका छन् । महासमितिको बैठकलाई अटेरी गर्ने काम गरियो । हामी चुप बस्दैनौँ।’ पौडेल र सिटौला समूहले केही दिनअघि केन्द्रीय समिति बैठक बहिष्कार गरेको थियो । देउवाको कार्यशैली नसुध्रिएसम्म बैठकमा नजाने उनीहरुको भनाइ छ ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्