Logo
६ श्रावण २०८१, आईतबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हामी सुँड पसार्दै तपाईहरूका बीचमा आउन चाहँदैनौँ : अर्थमन्त्री खतिवडा

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले सन्तुलित व्याजदर कार्यम गर्नको लागि बैंकहरूलाई पुन आग्रह गरेका छन् । उनले व्याजदरको विषयमा निजी क्षेत्र विभाजित भएको सरकारले हेर्न नचाहेको भन्दै एक आपसमा मिल्न र सन्तुलित व्याजदर कायम गर्नको लागि आग्रह गरेका हुन् ।

तपाईहरू (बैंकर र उद्योगी) बीचको पाखुरा सुर्कासुर्की गरेको पटक्कै मन परेको छैन, छाता संगठन बीच छलफल गर्नुस् र साझा निष्कर्ष निकाल्नुस्, नेपाल इन्फास्टक्चर बैंकको उद्‍घाटनमा अर्थमन्त्री डा. खितवडाले भने हामी सुँड पसार्दै तपाईहरूका बीचमा आउन चाहँदैनौँ तर झगडा हुँदा मिलाउनका लागि छिर्नै पर्‍यो ।

खतिवडाले बैंकर र उद्योगी दुबैलाई अतिवादतर्फ नजानको लागि आग्रहसमेत गरेका छन् । दुबै पक्ष अतिवाद तर्फ नलागौँ, व्याजदर ६ र १६ प्रतिशत बीचमा आउने औषत अंक तर्फ लागौँ खतिवडाले भने । सन्तुलित व्याजदर कायम गरेर नाफामा जान समेत अर्थमन्त्री खतिवडाले भने विरालो कालो भएपनि सतो भएपनि मुसा मार्नुपर्छ, मुसा मरोस् ।

मुसार मरेपछि विरालो जस्तो भए पनि अर्थ छैन। मुसा मर्नु भनेको व्यजादर सन्तुलित हुनुपर्छ भनेको हो । खतिवडाले एक आपसमा मर्जर हुने वातवरण बनाउनको लागि समेत आग्रह गरेका छन् । अहिले वाणिज्य बैंकहरू धेरै भएको भन्दै आपसी समझदारीमा मिल्नको लागि आग्रह गरेका हुन् । उनले भने बैंकहरू सबैले धेरै भयौ भन्नु भएको छ एक आपसमा मिलेर आउनुस् ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्