Logo
९ श्रावण २०८१, बुधबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टीकापुर हत्याकाण्ड : रेशम चौधरीसहित १२ जनालाई जन्म कैद, १५ जना छुटे

धनगढी : टीकापुर हत्याकाण्डको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीसहित १२ जनालाई जन्मकैदको फैसला भएको छ । थरुहट आन्दोलनका क्रममा प्रहरी वरिष्ठ उपरीक्षकसहित आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरि भएको टीकापुर घटनाको आज केहीबेर अघि जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो ।

घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका नेता लक्ष्मण थारुसहित १५ जनालाई आजै रिहा गर्न आदालतले आदेश दिएको छ ।
उक्त हत्याकाण्डकोको अभियुक्तका रुपमा सांसद रेशम चौधरी, नेता लक्ष्मण थारु, लाहुराम चौधरीसहित २७ जना हाल पुर्पक्षको लागि थुनामा थिए भने बाँकी फरार छन् ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्