Logo
५ श्रावण २०८१, शनिबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लापरबाहीका कारण अनुसन्धानमा ढिलाइ, हत्यारा पत्ता लगाएरै छोड्ने गृहमन्त्रीको अठोट

धनगढी : गृहमन्त्री रामबहादुर थापा बादल सुदूरपश्चिम प्रदेशमा जारी सुरक्षा गोष्ठीमा सहभागी बुधबार धनगढी पुगेका छन् ।

धनगढी पुगेका गृहमन्त्रीले थापाले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने बताए । गृहमन्त्री थापाले सुरुमा लापरबाही भएको हुँदा अनुसन्धानमा ढिलाइ भएको खुलासा गरेका छन् ।

थापाले पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सुरुमा केही निकायमा लापरबाहीको कारण गर्दा अनुसन्धानमा जटिलता पैदा भएको हो। अहिले अनुसन्धान जारी छ। सकेसम्म छिटो अपराधीहरूलाई कानुनको कठघरामा उभ्याउने छौँ।’

गृहमन्त्री थापाले विप्लवको गतिविधिप्रति सरकार गम्भीर रहेको पनि बताएका छन् । विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई लक्षित गर्दै गृहमन्त्री थापाले भने, ‘केही समूहले यो बिचमा बिष्फोटन र ध्वंसात्मक गतिविधि गरिरहेको छ ।

यो बारेमा पनि सरकार गम्भीर छ।’ उनले यस्ता गतिविधिहरूमा संलग्नहरूलाई नियन्त्रणमा लिइरहेको बताए ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्