Logo
२ श्रावण २०८१, बुधबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परमाणु परीक्षण केन्द्र पुनः सञ्चानलको तयारीमा उत्तर कोरिया

उत्तर कोरियाले रकेट प्रक्षेपण गर्ने केन्द्र पुनः बनाउन सञ्चालनमा ल्याउन थालेको विज्ञले बताएका छन्

। स्याटेलाइट मार्फत लिइएको नयाँ तस्बिरमा उत्तर कोरियाले परमाणु परीक्षण केन्द्रमा पुनः गतिविधि बढेको देखिएको विज्ञले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच भियतनामको राजधानी हानोइमा भएका दोस्रो वार्ताको दुई दिनपछि तस्बिर लिइएको हो ।

त्यसमा उत्तर कोरियाले परमाणु परीक्षण केन्द्र पुनः सञ्चानलको तयारीमा उत्तर कोरिया रहेको देखिएको विज्ञको भनाई छ । गएको वर्ष सिंगापुरमा भएको वार्तापछि उत्तर कोरिया परमाणु निशस्त्रिकरणका लागि तयार भएको थियो । तर हानोइमा भएको दोस्रो वार्तामा भने परमाणु निशस्त्रिकरणको प्रक्रियाबारे कुनै सहमति भएन ।

उत्तर कोरियाको तोङ्गचाङ्ग-री परमाणु केन्द्रमा गतिविधि बढेको देखिएको थियो । उत्तर कोरियाले यो केन्द्र स्याटेलाइट प्रक्षेपण तथा इन्जिनको परीक्षणका लागि प्रयोग गर्दै आएको छ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्