Logo
३ श्रावण २०८१, बिहीबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घाइते सैनिकलाई भेट्न अस्पताल पुगे रक्षा मन्त्री, थप उपचार आवश्यक परेमा खबर गर्न आग्रह

काठमाडौँ : महाशिवरात्रीका दिन सेना दिवसको अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा भएको विशेष समारोहमा आफ्नो कौशल प्रदर्शनको क्रममा प्राविधिक कारणले घाइते भएका नेपाली सेनाका जवानलाई उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले अस्पतालमा गएर भेटेका छन् ।

नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता अन्तर्गत प्यारासुट जम्पका क्रममा प्राविधिक समस्याका कारण दुर्घटनामा परि घाइते भई उपचाररत हबल्दार पूर्णबहादुर भण्डारीलाई रक्षा मन्त्री पोखरेलले बुधबार बिहान मेडिसिटी अस्पतालमा भेटेका हुन् । मन्त्री पोखरेलले स्वास्थ्य लाभको कामना गरेका छन् ।

बारबर्दिया-८ बर्दियाका बासिन्दा भण्डारीको उपचारमा संलग्न चिकित्सकसँग मन्त्री पोखरेलले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइ थप उपचार आवश्यक परेमा तुरुन्त खबर गर्न आग्रह पनि गरे ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्