Logo
२ श्रावण २०८१, बुधबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मागेर खाने एक महिलालाई बलात्कार गरेको आरोपमा रौतहटका खडका पक्राउ

रौतहट : रौतहटमा मागेर खाने एक महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका १ पौराईका तेज बहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।

खड्काले स्थानीय ब्रम्हस्थान मन्दिर परिसर भित्र मानसिक सन्तुलन ठिक नभई मागि खाई हिड्ने ३० वर्षीया महिलालाई जबरजस्ति करणी गरेको अभियोग छ ।

ईलाका प्रहरी कार्यालय च-पुर, रौतहटबाट खटिएको प्रहरी टोलीले खड्कालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्