Logo
९ श्रावण २०८१, बुधबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरमको कारण मुस्लिम आयोगमा स्वतः अध्यक्षमा नियुक्त हुँदै अन्सारी, ‘मविरुद्ध फर्जी उजुरी’

काठमाडौं : सत्तारुढ संघीय समाजवादी फोरम नेपालको अन्तुष्टिका कारण मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित सलिम मियाँ अन्सारी स्वतः नियुक्त हुने सम्भावना बढेको छ ।

सुरुमा अन्सारीलाई मुस्लिम आयोगको अध्यक्ष बनाउन तयार देखिएको नेकपा सिफारिस विवादमा परेपछि पछिल्लो समय सुनुवाइ समितिबाटै रोक्ने निष्कर्षमा पुगे पनि सत्ता साझेदार फोरमले साथ नदिँदा ४५ दिनको अवधि काटेर अन्सारी स्वत नियुक्त हुने अवस्थामा पुगेको हो ।

संवैधानिक परिषदको पत्र सुनुवाइ समितिमा पुगेको ४५ दिनभित्र समितिले कुनै निर्णय नगरेमा सिफारिस भएको पदमा स्वत नियुक्त हुने व्यवस्था संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को दफा २६ (२) ले गरेको छ ।

४५ दिन फागुन २५ गते मंगलबार पुग्दैछ । संसदीय सुनुवाइ समितिको नियमावलीअनुसार समितिबाट कुनै पनि सदस्यलाई अस्वीकृत गर्न दुई तिहाइ बहुमत र स्वीकृत गर्न साधारण बहुमत चाहिन्छ।

१५ सदस्यीय सुनुवाइ समितिमा अस्वीकृत गर्न दश जना सांसदको समर्थन चाहिने भए पनि नेकपासँग नौजना मात्र सांसद हुँदा मंगलबार अन्सारीलाई अस्वीकृत गर्ने निर्णय नभएको समितिका एक सदस्यले जानकारी दिए।

‘मविरुद्ध फर्जी उजुरी पर्यो’

यसैबीच मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष अन्सारीले संसदीय सुनुवाइ विशेष समितिमा आफू विरुद्ध परेका सबै उजुरी फर्जी भएको दाबी गरेका छन् ।

मंगलबार संसदीय सुनुवाइ विशेष समितिमा आफुमाथि परेका उजुरीका बारेमा स्पष्ट पार्ने क्रममा अन्सारीले सबै उजुरी फर्जी भएको दाबी गरेका हुन् ।

उनले आम जनमानसमा आफ्ना बारे भ्रम श्रृजना गर्ने षडयन्त्र अनुसार एउटै पेनले एकै जनाले फरक फरक हस्ताक्षर गरि उजुरी दायर गरेको जिकिर गरे ।

उनले भाषा विज्ञबाट आफूले प्रमाणित गराएको जिकिरका साथ प्राप्त उजुरीमा प्रयोग भएको भाषा, शैली र हस्ताक्षर एउटै व्यक्तिको भएको र निवेदनमा उल्लेख गरिएको नामका व्यक्ति नै नभएको समेत दाबी गरे ।

उनले आफ्नो कुनै पनि त्रुटी नभएको दाबी गर्दै कुनै पनि हालतमा नभाग्ने र नहट्ने बताए ।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्