Logo
३ असार २०८२, मंगलबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘प्रस्तावित अध्यक्षलाई प्रश्न : दाइहरुले पर्साबाट र तपाईँले काठमाडौँबाट कसरी नागरिकता लिनु भयो?’

काठमाडौँ : संघीस ससदको संसदीय सुनुवाई विशेष समितिमा मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीमाथिको सुनुवाईमा नागरिक्ता र शैक्षिक प्रमाण पत्रको विषय मुख्य बनेको छ । दुईवटा जन्ममिति तथा शैक्षिक प्रमाण पत्रमै शंकासहितका आरोप लागेका अन्सारीको सुनुवाई मंगलबारदेखि सुरु भएको हो । सुनुवाईको क्रममा समितिका सदस्यहरुले अन्सारीलाई बिभिन्न प्रश्नहरु गरेका छन् ।

सुनुवाईको क्रममा नेपाली कांग्रेसका सांसद सुरेन्द्र पाण्डेले पनि अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्रबारे प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘तपाईँको प्रमाणपत्र हेर्दा तेज-तराब देखिनु हुन्छ । पढाई भने उताबाट गर्नु भएछ रु अनि दाइहरुले पर्साबाट नागरिकता लिँदा तपाईँले काठमाडौँबाट कसरी लिनु भयो रु’ चारवटा आयोगका लागि प्रस्तावित अध्यक्षको नाम सिफारिस गरेपछि समितिले अन्सारीको सुनुवाई सुरु गरेको हो ।

त्यस्तै, सुनुवाईको क्रममा नेकपाका सांसद योगेश भट्टराईले अन्सारीलाई उनको जन्ममिति तथा शैतिक प्रमाणपत्रका बारेमा प्रश्न गरेका छन् । सांसद भट्टराईले सुनुवाई समितिको बैठकमा अन्सारीलाई सोधेका छन्, ‘तपाईँका धेरै कुरामा कमजोरी देखिन्छ । नागरिकतामा दुईवटा जन्ममिति छन् । काठमाडौँमा जन्मिएको मान्छे, यतै राम्रा अध्ययन संस्था हुँदाहुँदै पढ्न बिहार (भारत) तिर पुग्नु भएछ, यसको कारण के हो ?’

समितिका सदस्य समेत रहेका सांसद भट्टराईले अन्सारीमाथि पार्टी कार्यालय मार्फत सुनुवाई समितिलाई राजनीतिक प्रभावमा पार्न खोजेको बताए । यस्तै नाजायज ढंगले प्रमुख जिल्ला अधिकारीको कार्यालय मार्फत कागजात पठाउन लगाएर गलत गरेको पनि उनले बताएका छन् ।

उनले अन्सारीलाई भने, ‘यो सबै हेर्दा तपाईँ समितिबाट पास भएर जानु भयो भने पनि कानुनी रुपमा कतै न कतै धरापमा पर्नु हुन्छ । त्यसो भएकाले आफ्नो सिफारिस त्याग गर्नुभयो भने बुद्धिमानी हुन्छ । जीवनमा थप बाटा खुला हुनेछन्, नत्र सबै सम्भावित अवसर बन्द होलान् ।’

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्