Logo
६ श्रावण २०८१, आईतबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय जनता पार्टीको वेबसाइट ह्याक : मोदीका तस्बिर शेयर, आपत्तिजनक शब्दको प्रयोग

भारतको सत्ताधारी दल भारतीय जनता पार्टीको वेबसाइट मंगलबार बिहान ह्याक भएको छ । सामाजिक सञ्जालमा लतगातार यस बारेमा रिर्पोट भइरहेको छ । भारतीय जनता पार्टीको वेबसाइट   bjp.org खोल्दा अहिले पनि साइट डाउन छ ।

ट्वीटरमा राखिएको केही स्क्रीनसटका अनुसार, पार्टीको वेबसाइट ह्याक गरेर प्रधानमन्त्री नरेन्द्र मोदीका केही तस्बिर शेयर गरिएका छन् । ती तस्बिरमा मोदी जर्मनीकी चान्सलर एन्जेला मर्कलसँग देखिन्छन् ।

त्यहाँ केही आपत्तिजनक शब्दको पनि प्रयोग गरिएको छ। अहिलेसम्म साइट ह्याक भएको बारे भारतीय जनता पार्टीले कुनै आधिकारिक सूचना जारी गरेको छैन । भारतीय जनता पार्टीको वेबसाइट भारतमा सबैभन्दा व्यस्त रहने साइट मध्येको एक हो ।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्