Logo
२ श्रावण २०८१, बुधबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हत्या आरोपमा श्रीमतीसहित दुई सौतेनी छोरा पक्राउ

मलेसियाको सरकारी कम्पनी क्रेडल फन्डका सिइओ (मुख्य कार्यकारी अधिकारी) नजरिन हसनको हत्या आरोपमा उनकी श्रीमती समिराह मुजफ्फर र दुई सौतेनी छोरालाई पुलिसले सोमबार पक्राउ गरेको छ ।

अटोर्नी जनरल चेम्बर्सको आदेशमा तीनजना पक्राउ परेका हुन् । पुलिसले गतहप्ता हसनको दोस्रो पोस्टमर्टम रिपोर्ट पाएका थिए ।

अनुसन्धानमा पाइएको थियो ज्वलनशील वस्तु :

नजरिन हसनको गत वर्ष जूनमा मृत्यु भएको थियो । पहिलो पोस्टमार्टम रिपोर्टमा सुत्नेबेला मोबाइल फोन पड्किएका कारण उनको मृत्यु भएको बताइएको थियो । तर दुई महिनापछि फायर र रेस्क्यू विभागको अनुसन्धानमा नजरिनको अनुहार, ओछ्यान, मोबाइलमा ज्वलनशील तरल पदार्थ पाइएको थियो ।

समिराका पहिलो श्रीमानबाट दुई छोरा छन् । नजरिनको मृत्युको अनुसन्धानको सिलसिलामा गत वर्ष सेप्टेम्बरमा समिरा र उनका पूर्व श्रीमानलाई पक्राउ गरिएको थियो । एक हप्तासम्मको सोधपुछ पछि उनीहरुलाई छोडिएको थियो । यो मामलामा समिराकी घरेलु सहयोगीमाथि पनि आरोप छ तर उनी फरार छिन् ।

 

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्