Logo
८ जेष्ठ २०८२, बुधबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आदिवासी र जनजातीद्वारा आज भारत बन्द

भारतका आदिवासी र जनजातीले आज भारत बन्दको घोषणा गरेका छन् । भारतको सर्वोच्च अदालतले फेब्रुअरी १४ तारिखमा २१ राज्यका ११।८ लाख आदिवासी र जनजातीलाई वनभूमीबाट निकाल्न आदेश सुनाएको थियो । तर पछि निर्देशनमाथि रोक लगाइएको थियो ।

सर्वोच्च अदालतले राहत दिँदा पनि आदिवासीले भारत बन्दको निर्णय कायम राख्ने निर्णय गरे । उनीहरुका अनुसार यो तत्कालको लागि मात्र राहत भएको र वन अधिकार अधिनियम अनुसार यसलाई जुनसुकै बेला उल्ट्याउन सकिनेछ ।

आदिवासी समूहले केन्द्रले उनीहरुको अधिकारको संरक्षणका लागि अध्यादेश ल्याउनुपर्ने माग गरेका छन् ।

यो हड्ताल थुप्रै राज्यमा प्रस्तावित छ । दिल्लीको मन्डी हाउसदेखि जन्तर–मन्तरसम्म आदिवासीले आज –याली निकाल्नेछन् जसमा उनीहरुले थुप्रै राजनीतिक र सामाजिक कार्यकर्तालाई समावेश हुन अपिल गरेका छन् ।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्