Logo
५ श्रावण २०८१, शनिबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले गर्न सकेन अमेरिकामा अपेक्षित व्यापार, ट्रम्पद्वारा कर छुटको व्यवस्था खारेज

भारत र टर्कीलाई विभिन्न सामानमा अमेरिकाले दिँदै आएको कर छुटको व्यवस्था खारेज गर्ने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले भारतलाई प्रदान गरिएको भन्सार छुटको व्यवस्थाअनुसार भारतले अमेरिकामा अपेक्षित व्यापार गर्न नसकेको र आवश्यकता पुरा गर्न नसकेको भन्दै कर छुट सुबिधा खारेज गर्ने तयारी गरका हुन् ।

अमेरिकासँग अपेक्षित व्यापार गर्न नसकेको भन्दै टर्कीलाई प्रदान गएिको सुविधा अमेरिकाले खारेज गर्न लागेको बीबीसले जनाएको छ। अमेरिकाले यी दुबै मुलुकले अमेरिकासँग स्वस्थ्य व्यापार गर्न नसकेको ठहर गरेको छ । अमेरिकी कंग्रेसलाई राष्ट्रपति ट्रम्पले लेखेको पत्रमा भारतले व्यापारमा विश्वसनीयता देखाउन नसकेको र बस्तुको उच्च मूल्य कायम गरेको भन्दै हालसम्म भन्सारलगायतमा दिइँदै आएको छुट खारेज गर्ने तयारी भएको उल्लेख गरेका छन् ।

अमेरिकाले विकासशील मुलुकको व्यापार प्रबद्र्धनका लागि ‘जेनरलाईज्ड सिस्टम अफ पफर्मेन्स’ जीएसपीका माध्यमबाट यस्ता मुलुकहरुलाई विभिन्न वस्तुमा छुट दिँदै आएको थियो। यो कार्यक्रम अमेरिकाले भारत र टर्की दुबै देशसँग बन्द गर्न सक्ने बताइएको छ। ट्रम्पको प्रस्ताव स्वीकार्य भए पनि जारी जीएसपी कार्यक्रम आगामी दुई महिनासम्म भने कायम रहनेछ।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्