गोली लागेको अवस्थामा सेनाका एक जवान ब्यारेकभित्रै मृत फेला
कञ्चनपुर : धनकुटामा कार्यरत नेपाली सेनाको जवानले राइफल प्रयोग गरी आत्महत्या गरेको एक साता बित्न नपाउँदै कञ्चनपुरमा रहेको नेपाली सेनाको २५ नम्बर बाहिनी भगतपुरमा कार्यरत एक जवान गोली लागेको अवस्थामा ब्यारेकभित्रै मृत फेला परेका छन् ।
२३ वर्षीय वीरबहादुर खडका सोमबार राइफलको गोली लागेको अवस्थामा मृत फेला परेका हुन् । खड्काले गर्धनमा गोली लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा खड्काले आत्महत्या गरेको खुलेको प्रहरीले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। प्रहरी नायब उपरीक्षक ओझाले भने, ‘उनले प्रयोग गरेको राइफल परीक्षणका लागि पठाउँदै छौं।’ खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।