Logo
५ श्रावण २०८१, शनिबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको आक्रोश : “मलाई सत्ताको मतलब छैन, देशको रक्षाका लागि घर-घरमा छिरेर मार्नेछौं”

भारत स्थित जम्मु काश्मिरमा गत फेब्रुअरी १४ तारिखमा भएको आत्मघाती हमलापछि भारत पाकिस्तानबीचको तनाव अझै पनि घट्दो होइन बरु बढ्दो छ ।

भारतमा आतंक मच्चाएका आतंककारीहरु जो पाकिस्तानमा रहेका छन् । उनीहरुलाई न भारतलाई सुपर्दुगी नगरेसम्म पाकिस्तानसँग कुनै खालको वार्ता नगर्ने भारतले स्पष्ट पारेको छ ।

हिजो सोमबार मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्मकै सबैभन्दा बढी आक्रोसित मुद्रामा बोल्दै उनलेे घर-घरमा घुसेर मार्ने बताएका छन् ।

दुई दिने गुजरात भ्रमणमा रहेका मोदीले अहमदाबादको एक कार्यक्रममा सम्बोधन गर्दा विपक्षी पार्टी र पाकिस्तानमाथि तिखो हमला गरेका हुन् ।

उनले सोमबारको सम्बोधनमा भने, ‘भारतका केही नेता जो बयानबाजी गर्छन् त्यो पाकिस्तानको पत्रिकामा हेडलाइन बन्ने गर्छ, यो देशको लागि दुर्भाग्य हो । म अब लामो प्रतिक्षा गर्न सक्दिनँ । छानी–छानी हिसाब लिनु मेरो विशेषता हो । ’

‘अब घर-घरमा छिरेर मार्नेछौं । विगत ४० वर्षदेखि आतंकवादले हिन्दुस्तानको छातीमा गोली हानिरहेको छ तर भोट बैंकको राजनीतिमा डुबेका मानिसहरु केही ठोस् कदम उठाउन डराउँछन्, ’ उनले भने, ‘मलाई सत्ताको मतलब छैन, मलाई मेरो देशको चिन्ता छ । मेरो देशका मानिसहरुको सुरक्षाको पर्वाह छ । ’

साथै, उनले आतंकवादीलाई पातल मुनी गएर भए पनि मार्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्