Logo
२ श्रावण २०८१, बुधबार
(March 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के अभिनन्दनले फेरि उडाउनेछन् लडाकु विमान? वायुसेना प्रमुखले दिए यस्तो जवाफ

भारतीय वायु सेनाका प्रमुख बीएस धनोआले बालाकोटमा गरिएको हवाई आक्रमणका बारेमा सोधिएका विभिन्न प्रश्नको जवाफ दिएका छन् । सोमवार पत्रकार सम्मेलन गरेका उनले पुलवामा हमलापछि गरिएको हवाई आक्रमणसँग जोडिएको प्रश्नको जवाफ दिएका हुन् ।

यस क्रममा उनले विंग कमाण्डर अभिनन्दनले फेरि उडान भर्ने बारे पनि जवाफ दिए । अहिले अभिनन्दनको स्वास्थ्य परीक्षण भइरहेको छ । वायु सेनाका प्रमुख धनोआले पूर्ण रुपमा स्वस्थ भएपछि अभिनन्दनले फेरि लडाकु विमान उडाउन सक्ने बताए ।

फेरि विमान उडाउने कुरा अभिनन्दनको फिटनेसमा निर्भर रहने उनले स्पष्ट पारे । उनले अभिनन्दनलाई आवश्यक सम्पूर्ण उपचार गरिने बताए । भारतीय वायु सनोका विंग कमाण्डर अभिनन्दनलाई हवाई आक्रमणका लागि पाकिस्तानी क्षेत्र गएका बेला पाकिस्तानको वायु सेनाले नियन्त्रणमा लिएको थियो ।

त्यसपछि पाकिस्तानले अभिनन्दनलाई भारत फिर्ता गरेको थियो । अभिनन्दन गएको शुक्रबार राति वाघा-अटारी सीमा क्षेत्रको मार्ग हुँदै भारत आएका थिए ।

प्रकाशित मिति: Mar 4, 2019

प्रतिक्रिया दिनुहोस्