Logo
२ श्रावण २०८१, बुधबार
(March 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धारापानी धाममा भक्तजनको घुइँचो, श्रद्धाभक्तिपूर्वक महादेवको पूजा-आराधना गरिँदै

दाङ :  अग्लो त्रिशूल राखेर चर्चामा आएको दाङको धारापानी धाममा पूजा अर्चना गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ । दाङको धारपानी धाम, जखेरा ताल, सिद्धेश्वर मन्दिर शितलपुरमा भक्तजनको भीड लागेको छ ।

महाशिवरात्री पर्व आराध्यदेव भगवान शिवको पूजा-आराधना गरी मनाइँदैछ । हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा-आराधना गर्छन् । शिवजी उत्पत्ती भएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्री, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्री र लक्ष्मीपूजाको रातको सुखरात्री जत्तिकै महत्वपूर्ण भएको पुराणहरुमा वर्णित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ ।

प्रकाशित मिति: Mar 4, 2019

प्रतिक्रिया दिनुहोस्