फेवातालमा खसेका प्याराग्लाइडरको उपचारको क्रममा मृत्यु
काठमाडौं : आइतबार पोखराको फेवातालमा प्याराग्लाडिङ खस्दा त्यसका चालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका-१८ सराङकोटबाट प्याराग्लाइडिङ उडाएका विदेशी नागरिक इडीइकेडी जेइसको फेवातालमा प्याराग्लाइडिङसहित गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कका प्रमुख एसपी ओम रानाले बताएका छन् ।
रोमानियाका ४२ बर्षिय इडिईकेडीलाई फेवा तालबाट उद्धार गरेर पोखरास्थित मेट्रोसिटी हस्पिटल लगिएको थियो । उनको उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।