Logo
२ श्रावण २०८१, बुधबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसको माग पुरा नहुँदै मन्त्री बन्न प्रयासरत रहेका भन्दै राजेन्द्र महतोको स्वकीय सचिवद्वारा राजिनामा

काठमाण्डौं : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोमाथी सङ्गिन आरोप लगाउँदै उनका स्वकीय सचिव रबिन्द्रकुमार चौधरी (राजेस) ले राजिनामा दिएका छन् ।

धनुषा क्षेत्र नम्बर ३ बाट निर्बाचित सांसद समेत रहेका महतोमाथी उनका स्वकीय सचिव चौधरीले सङ्गिन आरोप समेत लगाएका छन् । स्वकीय सचिवको मनोनयन पत्र, तथा परिचयपत्र समेत सार्वजनिक गर्दै चौधरीले फेसबुक मार्फत राजिनामा दिएका हुन् ।

मधेस आन्दोलनको भावना र मर्म बिपरित सासंसद, मन्त्री बनाउनेदेखी अनेकौ आर्थिक कृयाकलापमा संलग्न रहँदै मधेसको माग पुरा बिना नै मन्त्री बन्न प्रयासरत रहेका भन्दै चौधरीले फेसबुमा लेखेका छन् ‘मधेसको भावनामा कुठाराघात गरिरहेकोले आजको मितिबाट म रबिन्द्र कुमार चौधरी (राजेस) राजेन्द्र महतोको स्वकीय सचिब पदबाट राजिनामा गर्दछु ।’

राजेशले सार्वजनिक गरेका कागजातहरु :

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्