Logo
८ जेष्ठ २०८२, बुधबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन हाने सैनिक जवानले आफैंलाई गोली ?

काठमाडाै‌ :  नेपाली सेनाको बरख गण धनकुटामा कार्यरत सैनिक जवान चेतराज जोशीले आफूले बोकेको हतियारले आफै‌लाई गोली हानेका छन्।

उनको उपचारकाक्रममा शनिबार राती मृत्यु भएको छ। गणको डिउटीमा रहेका सैनिक जवान जोशीले शनिबार राती आफैंलाई गोली हानेका हुन्। सैनिक प्रवक्ता सहयाक रथी यमप्रसाद ढकालले प्रारम्भीक अनुसन्धानमा जवानले आफूले बोकेको हतियारले आफैंलाई गोली हानेको खुलेको बताए। घटनाको बिस्तृत अनुसन्धान भइरहेको उनको भनाई छ।

डोटी स्थायी ठेगाना भएका जवान जोशीले डिउटीका लागि एम १६ राइफल बोकेका थिए। सोही राइफलले उनले आफ्नै छातीमा गोली हानेका हुन्।

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्