Logo
१ श्रावण २०८१, मंगलबार
(March 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दार्चुला जिप दुर्घटना अपडेट : ११ जनाकै शव सनाखत (नामावली सहित)

डडेलधुरा : दार्चुलाको राताकाठामा शुक्रबार राति भएको जिप दुर्घटनामा मृत्यु हुने ११ जनाकै सनाखत भएको छ। घटनास्थल दार्चुला सदरमुकाम खलंगाबाट आठ किलोमिटर दूरीमा पर्छ। दुर्घटनामा घाइते चालक दीपकसिंह धामीलाई उपचारका लागि भारत लगिएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा दार्चुला दुहु गाउँपालिका–२ हिकिला बस्ने ४१ वर्षीय कल्यान सिंह बडाल, हिकिलाकै १७ वर्षीया निर्मला बडाल, ३५ वर्षीया पारुली धामी, दुहु–१ बस्ने २४ वर्षीय धन बहादुर बम, दुहु–४ दोला बस्ने ५५ वर्षीया अम्मरा बम, दुहु–४ दोला बस्ने ७ वर्षीया आयुसा बम, दुहु–१ पिपलचौरी बस्ने बर्ष ४५ वर्षीया गोमती बम, दुहु–१ पिपलचौरी बस्ने ७१ वर्षीया धना बम, बैतडी दोगडा केदार–६ सित्तड बस्ने ६० वर्षीय प्रताप बहादुर चन्द, सित्तडकै २१ वर्षीया सिन्याहा बम र दुहु– १ बस्ने ५३ वर्षीया मानमती बम रहेका छन्।

दरमुकाम खलंगाबाट हिकिला तर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जिप तिंकर सडक अन्तर्गत पर्ने दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा दुर्घटनामा परेको हो।

 

 

प्रकाशित मिति: Mar 2, 2019

प्रतिक्रिया दिनुहोस्